धादिङमा कोरोना संक्रमित ४०७ पुग्यो, ३ को मृत्यू, २७० जना निको

Avatar photo
Dhadingpost
अशोज ९, २०७७

धादिङ असोज ९ । धादिङमा आज (शुक्रबार) ३ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भए सँगै संक्रमितको संख्या ४०७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज संक्रमित हुनेमा नीलकण्ठ नगरपालिकाको २ जना र थाँक्रे गाउँपालिकाबाट १ जना रहेका छन् । जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरुष, वडा नम्बर ९ का ३१ वर्षीय पुरुष र थाक्रे गाउँपालिका वडा नम्बर १० का २२ वर्षीय पुरुष छन् ।

धादिङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

संक्रमित मध्य ३ जनाको मृत्यु भैसकेको छ भने २७० जना निको भएर घर फर्किसका छन् भने अझै १२५ जनामा कोरोना संक्रमितको सक्रिय केश रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।