
काठमाडौं असोज ७ । केहि दिन अघि मात्रै राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको नेकपा नेता बामदेव गौतमलाई सर्वोच्च अदालतले कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै बुधबार त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी भए सँगै मन्त्री बन्न रोक लागेको हो ।
रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा सर्वोच्चले बोलाएको छ ।
