
धादिङ असोज ७ । सरकारले अनलाइन शिक्षालाई मान्यता दिए पनि धादिङका ग्रामिण क्षेत्रमा प्रभावकारिता नदेखिए पछि विद्यालयमै विद्यार्थीहरुलाई बोलाएर पठन-पाठन सुरु गरिएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका भित्र रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठकले कक्षा संचालनको लागि अनलाइन प्रविधि कठिनाई भएको निकर्ष निकाल्दै विद्यालय मै विद्यार्थीहरुलाई आलो पालो उपस्थित गराई पठन पाठन गराउने निर्णय गरेको, सल्यानकोटबाट मदन श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
श्रेष्ठका अनुसार त्रिपुरासुन्दरीमा रहेका विद्यालयहरुमा मंगलबार देखि विद्यार्थीहरुको जोर बिजोर रोल नम्बरको आधारमा मक्स सेनिटाइजर साबुन पानी अनिवार्य गर्दै विद्यालयहरु संचालनमा आएका हुन् ।

