विश्व शान्तिको सन्देश नेपालबाट प्रवाह

Avatar photo
Dhadingpost
अशोज ५, २०७७

विश्व शान्ति दिवस, विश्व जगतमा रहेका सम्पुर्ण प्राणीहरुमा शान्ति भाव जगाउने दिन, शान्ति प्रत्यक दिन, प्रत्यक क्षण, अनि प्रत्यक पलमा अनुभूति गर्न सकियोस् शुभकामना । वर्षको एक दिन बिशेष रुपमा विश्व भार्ततव दर्शाउने दिन । नेपाल यस्तो देश जहाँ विश्व शान्तिको अग्रदुत गौतम बुद्धको जन्म भुमी, यो पवित्र भुमिबाट विश्व जगतका मानव सहितका सम्पुर्ण प्राणिहरुमा १ हरेक मन मस्तिष्क, सोच, धारणा अनि व्यक्ति होस् वा सामाजिकता सम्पुर्ण तवरले शान्ति भाव फैलाउन सकियोस् । विश्व शान्ति स्तुपामा उभियर हरेक देशले गरेको शान्ति कामनामा अग्रगामी भुमिकाको मेरो देश नेपाल, शान्ति मार्फत विश्व समुदायलाई प्रसारित गरिरहेको सकारात्मक मन विचार र कर्मको सन्देश साचै गर्विलो छ ।

साचै गर्वको अनुभूति हुन्छ नेपाली हुनुमा । हरेक जात जाती, भाषा भाषी, धर्म, सस्कारको एक एकीकृत पवित्र थलो जहाँ आपसी सद्भाबको कुनै कमि छैन । साचै शान्ति र मित्रताको लागि हामी विश्व प्रशिद्ध छौं । भन्दा फरक नपर्ला, अझै विश्वकै अग्लो स्वर्गीय आनन्दायी सगरमाथाको चुम्बन गर्दै वायुमण्डलमा प्रशारित वायुले सुवाशित शान्ति सन्देश प्रवाह गरिरहेको छ । अनि विश्व शान्ति हाम्रो लागि एक अमुल्य उपहार भएन त ।

विश्व शान्ति दिवसकै कुरा गर्ने हो भने सन १९८१ देखि संयुक्त ाष्ट्रसंघको साधारण सभाले प्रत्येक वर्ष सेप्टेम्बर २१ लाई विश्व शान्ती दिवस मनाउने घोषणा गरे संगै प्रत्येक वर्ष विश्व शान्तिको सन्देश प्रवाह सहित यो दिवस मनाउने गरिएको छ । युद्ध चमेटाबाट ग्रसित विश्वलाई शान्ती र सद्भावबाट बाहिर ल्याउनको लागि सुरुवात गरिएको यो दिवस अहिले हरेक वर्ष विश्व शान्तिको कामना सहित मनाउने गरिन्छ ।

यो वर्षको सन्दर्भ अलि फरक छ । आजको विश्व कोरोना चपेटाले ग्रसित छ । मानिसको मन र मस्तिष्कमा डर र त्रासले डेरा जमाएको छ । वातावरण शान्त देखिएका छन् मानविय चहलपह नहुँदा मानव मन तरंगित बनिरहेको छ । मन मस्तिष्कमा असन्तुलित र अशान्तिको ज्वारभाटा चलिरहेको छ । रोग भन्दा पनि शोक र भोकले मानिसहरु प्रताडित बनिरहेका छन् । साचै भन्ने हो भने, अहिलेको अवस्थामा मान्छेहरुमा भौतिक शान्ति देखिए पनि मनोवैज्ञानिक तवरले अशान्त नै अशान्त थुपरि रहेको छ । यस्तो अवस्थामा आजको विश्वलाई थप शान्ति र ऐक्यबद्धताको कमजोरी महसुस भैरहेको छ ।

यसै कुरालाई मध्यनजर राख्दै संयुक्त रास्ट्र संघले यश यसको विश्व शान्ती दिवसको थिम “shaping peace together” अर्थात (साथमा मिलेर शान्तिको प्रारुप तयार गर्ने) भन्ने राखेको छ । हो, आजको संकटमा एकल प्रयासबाट मुक्ति पाउन कठिन छ ।

सम्पुर्ण राष्ट्र अनि जनत मिलेर अघि बढ्नुको विकल्प छैन । विश्व भातृत्वको आवश्यकता नै यस्तै संकटको सामनाको लागि हो । कल्पना गरौं, हामी मानव जाती नै रहेनौ भने, यो संसार माटो र पानीको एउटा डुबिल्को बन्ने होईन र ? मानविय जीवन हरपल संघर्षको तगारोबाट गुर्जि रहेको हुन्छ । जुन अहिलेको अवस्था पनि हो। त्यही संघर्षरत तगारोमा पनि समय काल र परिस्थितिमा उत्पन्न हुने अनेकन चपेटा भनौ वा शारीरिक, मानसिक वा प्राकृति अफ्ठेराहरुले अझ जिर्ण बनाई दिदा पनि हाम्रा पाईलाहरु रोकिदैनन् निरन्तर चलिनै रहन्छन् कारण हामी एक सामाजिक प्राणी मध्यको उत्कृष्ट वर्गिय पहिचानमा पर्छौ । अनि हामी मनवले यो विश्व ब्रह्माण्ड रक्षा नगरे कस्ले गर्छ ? त्यसैले बुद्ध मार्ग र शान्ती सहितको अमन चयन आज विश्वको ट्ड्कारो आवश्यकता जुन आजको दिनले महसुस गर्न सक्नु पर्दछ ।

छिल्लो विश्व परिवेषलाई नियाल्ने हो भने, सम्पुर्ण विश्व नै संकटको चौघारमा उभिएका छन् । विश्व पूंजीवाद अनि विश्व शक्ति हाक्ने स्वप्निल मनासायले शक्ति राष्ट्रहरु एक आपसमा आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । पहिलो विश्वमा इराक, सिरिया, अफगानिस्थान, लिबिया जस्ता देशमा देखिएका संकट समाधानको लागि विश्व शान्ती दिवसले मुख्य भुमिका खेलेको भए पनि पछिल्लो अवबस्था त्यो रहेन ।

ती कतिपय देशमा हाल केही हदसम्म शान्ती छाएको छ । जनताले राहतको महसुस गर्न पाएका छन् तर अर्को पाटो विकास हुँदै गएको अनि समय समयम गरिएको आणबिक परिक्षणले सम्पुर्ण विश्वलाई नै एउटा डरको घेरामा गुम्स्याएको छ । जापनको हिरोसिमा र नागासाकिमा खसालिएको एटम बम देखि अहिलेको अत्याधुनिक जुन एक झट्कामा विश्व सखाप पार्ने हतियारको सन्चयले मानव मात्र नभई यस ब्रह्माण्डमा भएका सम्पुर्ण प्रणालिको अस्तित्व मेटिने त होईन भन्ने सन्त्रास बड्दै गैरहेको छ ।

आर्थिक हैसियत देखि सैन्य अवस्था र आणविक हतियारको धावा दिदै चौतर्फी चर्किरहेको हुन्कारले कतै साना राष्ट्रहरुको निसाना मेटाउने खेल त चलिरहेको छैन भन्ने मानसिकता जनमानसमा ठोकिन पुगेको छ । यस्तो अवस्थामा युद्ध र त्यसपछि निम्तन सक्ने संकटको सामना मनव सभ्यताबाट सम्भव छैन भन्ने बुझाउन यो दिवसले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुपर्दछ ।

अहिले सम्पुर्ण विश्व कोरोना कहरको महा संकटबाट गुज्रिएको छ । कसरी उन्मुक्ति पाउने भन्ने कुरा झण्डै ९ महिनाको अन्तरालले अझै बुझ्न सकेको छैन । यहि बीच अहिले सम्म आफुलाई विश्व हाक्ने राष्ट्रको पगरी बाँधिरहेको अमेरिका अनि पछिल्लो विश्वको उदयीमान शक्तिराष्ट्र चीन बीच बढ्दै गएको तिक्तताले विश्वलाई तरंगित परेको छ नै चीन भारत टकरावले अझ मल थपेको छ ।

संक्रमणको सुत्रपात देखि निदान कस्ले पहिला पत्तालगाउने सम्मको होडबाजि चलिरहँदा के यसले सम्पुर्ण विश्वको हित गर्ला ? भन्ने प्रश्न यावत उब्जिन थालेका छन् । यस्तो अवस्थामा के शान्ति दिवस मनाएर मात्र विश्व शान्ति र अमन चयन कायम हुन सक्ला त ? कदापि हुन सक्दैन । त्यसैले युद्ध, आरोप प्रत्यारोप, आणविक शक्ति सम्पुर्ण प्राणी र मानव सभ्यताकै लागि खतर्नाक सिद्ध छ, भन्ने कुरा भुझाउन यो दिवस सफल हुनुपर्छ ।

यति सुनौलो मानव सभ्यता अनि सम्पुर्ण तवरले सक्षम मानव जाती सायद यो विश्व चलेको नै मानव जातिको अपार क्षमताको कारण हो । यदि हामी नै रहेनौ भने विश्वको अस्तित्त्व उहीँ माटो र पानीमा बिलिन हुने हो भन्ने कुरा अहिलेको सर्वशक्तिमान राष्ट्रहरु जो सम्पुर्ण विश्वलाई मुट्ठिमा कोचेर राख्न चाहन्छन् उनिहरुलाई बुझाउन सक्नु पर्दछ । अन्यथा काल्पनिकताको खडेरीले विश्व एउटा खरानीको डल्लोमा परिणत नहोला भन्न सकिन्न ।

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने २००७, २०१७, २०४६, २०५२-२०६२ लगायत विभिन्न कालखण्डमा अनेकौं उतारचढावहरु भए । शान्ति र अमन चयनकै नाममा कतिले आफ्नो ज्यानको आहुती दिए ।

राणाकाल, राजतन्त्र हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा कतिपटक शान्ति भङ्ग भए अनि फेरि महसुस गरिदै आए शान्ति बिनाको समाज ब्यर्थ छ, र पनि अझै पुर्ण सार्थक शान्तिको आभास भने गर्न भने पाईएको छैन । विभिन्न जात, जाती, धर्म सम्प्रदाय, कला संस्कृति, दलित जनजाती, उत्पिडितको बहानमा अझै पनि हामी अशान्ति पुर्ण वातावरणमा रुमल्लिरहेका छौ ।

हामी विश्व शान्तिका दुतको परिवर हामी आफै महसुस गर्न सक्ने अवस्थामा रहेनौ भने सम्पुर्ण विश्वले कसरी महसुस गर्न सक्ला ? त्यसैले आजकै दिन देखि हामीले सम्पुर्ण शान्ती स्तुपाबाट बिगुल फुकेर विश्व शान्तिको सन्देश प्रवाह गर्नु छ । शान्तिका दुत बुद्धको मार्गलाई सार्थक पार्नु पर्छ । अनि यो पनि बुझाउने कोसिस गरौं कि शान्ति एउटा आध्यात्मिक शब्द चित्र मात्र होईन यो त हामी सम्पुर्ण विश्वको मानव सभ्यताको एउटा अनिवार्य आवश्यकता हो ।

अनेक घमण्ड र दम्भको निसानी बोकेर आजको विश्व शान्ति दिवसकै अवसरमा यो पवित्र शब्दको घाँटी निमोठ्न पछि लागेको छ । हत्या, हिंसा, आन्दोलन, आतंकवाद जस्ता अमानवीय क्रियाकलापले कतै न कतै सम्पुर्ण विश्वलाई नै गिजोलि रहेको छ । विगतमा भएका कहाली लग्दा घटनाहरु हाम्रा सामु अझै ताजै छन् ।

विश्व शान्तिलाई तिलाञ्जली दिदै भएका नरसंहार म्यानमारको रोहिंग्या होस् या सिरियामा भहेको बम बारुदको छर्रा अनि अफगानिस्तानको त्यो कहालि लाग्दो घटना, त्यसो त ईराकमा लामो समय सम्म भएको त्यो कालो घटनाहरु के यसको लेखाजोखा हामी मानव संग छ त ? अनि यस्ता घटनाको हिसाब राख्ने सामर्थ्य कुनै शक्ति राष्ट्रले राख्न सक्ला ? त्यसो त विगतका वर्ष हरुमा शान्ति शब्द केवल राजनितिक र दार्शनिक भाषणको मात्र अंग बन्यो ।

धर्म र मर्मको आयातित मानसिकताले यसको मर्मलाई नै निमोठि दियो । प्रथम विश्व युद्ध भएको १०५ वर्ष भन्दा बढी भैसक्दा अझै शान्ती र अमन चयनको श्वास लिन सकिएको छैन । यहि बीचमा पनि विभिन्न काल खन्डमा भएका क्रुरताले विश्व युद्धमा भन्दा दोब्बर तेब्बर मन्छे मरे अनि मरि रहेकै छन् ।

यस्तो परिवेशबाट हामीले गौतम बुद्धको मार्गलाई न्याय गर्‍यो त ? त्यसैले आजैको दिनबाट हामीले सन्कल्प गर्नु छ शान्ति गौतम बुद्धको वचन र वाणी मात्र होईन यो हामी सम्पुर्ण विश्व मनव सभ्यताको, मानव जातिको दायित्त्व पनि हो ।

सदाचारिताका साथ पाईला चालौ, बुद्ध मार्गलाई आत्मसात गरौ, एक आपसमा आत्मिकताको विकास गरौं अनि आजको पुस्तालाई शान्ति र विश्व बन्धुत्वको पाठ सिकाउदै विश्व शान्तिको स्थापनालाई संस्थागत गरि विश्व शान्ति र भाईचारको विकासमा योग दान दिने प्रण गरौं । विश्व शान्तिको सन्देश नेपालबाट प्रवाह गरौं ।