
धादिङ असोज ४ । धादिङको गल्छी गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको सुत्केरी ढुङ्गाबाट पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ ।
आईतबार बिहान करिब ३ बजे बजेतिर मुग्लिङबाट काठमाडौ तर्फ आइरहेको नम्बर नखुलेको पेट्रोल ट्यांकर त्रिशुलीमा खस्दा उक्त गाडीमा आगलागी भएको देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । उक्त गाडी पुर्ण रुपमा जलेको ।
नेपाली सेनाको देबिदत्त गणबाट र ईलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको सुरक्षाकर्मीको उक्त ट्यांकर झिक्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । उक्त गाडीको चालक र सहचालक हरु दुबै सम्पर्कमा नरहेको समेत प्रहरीले जनाएको छ ।

