
धादिङ असोज ३ । धादिङ जिल्लामा आज ४ जना थपिए सँगै कोरोना भाईरस संक्रमितको संख्या ३४६ जना पुगेको छ ।
आज (शनिबार) कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि हुनेमा बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ की २५ वर्षिय महिला गंगाजमुना गाउँपालिका वडा नं ७ की २६ बर्षिय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नं ३ का ४३ बर्षिय पुरुषमा र त्रिपुरासुन्दरी गाउँपालिकामा १ जना रहेको जिल्ला स्वस्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङमा संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या २ सय ३० पुगेको छ । यस्तै धादिङमा हाल सक्रिय संक्रमितको सङ्ख्या १ सय ६ जना रहेका छन् भने १० जना क्वारेन्टाईन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको अहिले सम्मको रेकर्ड


