
काठमाडौं असोज २ । कमलबहादुर राजलवटले देशव्यापी रुपमा निःशुल्क रुपमा गुर्जोको विरुवा वितरण गर्दै आएका छन् ।
राजलवटले गुर्जो, गुजरगिलो, यरगुडुची र अमृता नियमित सेवन गर्दा निरोगी भईने बताउँदै देशभर गुर्जोको विरुवा निःशुल्क वितरण अभियान सुरुवात गर्नुभएको हो ।
उहाँले एक कार्यक्रमका बीच आज स्थानीय जनप्रधिनिधि मार्फत भक्तपुरको सूर्यविनायकमा १२ सयभन्दा बढि गुर्जोको विरुवा निःशुल्क वितरण गर्नुभएको छ ।
राजलवटका अनुसार वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको गर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक शक्ति बढाउने, शरिरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने रहेका छन् । गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पूरानोभन्दा पूरानो ज्वरोपनि निको पार्दछ ।’
गुर्जोको फाईदाहरु त्रिदोष नाषक (वात, पित्त, कफ), एन्टिी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–ईन्फ्लामेटरी कुलिङ्ग, एन्टी–ट्युमर र एन्टी–एसिड लगायतका धेरै रहेका छन् ।
