
धादिङ असोज २ । धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ५ र ६ मा गरी १५० जना भन्दा बढी नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेको नेपाली काँग्रेस धादिङका नेता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुगानाले बताउनु भयो ।
हप्ता दिन अघि नेकपा बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले बिहिबार काँग्रेस प्रवेस गरेका नेकपा कार्यकर्ताहरुलाई कुम्पुरमा राखेर छलफल चलाउनु भएको थियो । अन्तर विरोध सबै पार्टी भित्र हुन्छ, हामी हल गर्छौ पार्टी प्रति निराश नबन्न आग्रह गर्दै विचारमा दृढ रहन आग्रह गर्नुभएको थियो ।
त्यसपछि अन्तर विरोध हल गर्न नेकपा सिद्धलेकले कोर्डिनेटर ठिम पनि बनायो । तर त्यो टिमले प्रभावकारी ढंगले काम गरेन गत चुनावमा वडा अध्यक्षको उम्मेदवार सहित १५ जना नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका हुन् । अन्य भुरा भुरीलाई सदस्यता वितरण गरेर यति संख्यामा प्रवेस गरे भन्नुको कुनै तुक नभएको नेकपा सिद्धलेकका सचिव पुष्प थपलिया बताउनु हुन्छ ।
मैले सदस्यता प्याड काटेको हुँ, साधारण सदस्यताको प्याड १६० जनाको सदस्यता काटेको छु, प्रमाण चाहिए ओसी कार्यालयमा आएर हेर्न भिम भट्टले आग्रह गर्नुभयो । बिहिबार कुम्पुर भज्याङमा भएको काँग्रेस पार्टी प्रवेस कार्यक्रममा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनु भएका कुमार श्रेष्ठ सहित १५० जना भन्दा बढीले सदस्यता लिए ।
नव प्रवेशीहरुलाई नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, पुर्व सांसद रामनाथ अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले टिका, खादा र पार्टी सदस्यता प्रदान गर्नुभएको थियो ।
पाली काँग्रेस सिद्धलेक गाउँपालिकाका सभापति विष्णु रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी सभापति रमेश धमलाको प्रमुख आतिथ्य तथा नेपाली काँग्रेसका पुर्वसभापति तथा सांसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा महासमिति सदस्य कल्पना अधिकारी, नेपाली काँग्रेसका नेता शिव सुवेदी, नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरी अधिकारी, युवा नेता गोपिकृष्ण भण्डारी लगायतको आतिथ्य रहेको थियो।
