
धादिङ असोज १ । धादिङबेसी सदरमुकामको बीचबजार स्थित क्याम्पस चोकमा वी.पी. पार्क बन्ने भएको छ । नीलकण्ठ नगरपालिकाले क्रमागत योजनामा राखेर बन्न लागेको यस पार्कको निमार्ण गर्न ०७७/७८ को लागि २५ लाख विनियोजन भए सँगै निमार्ण प्रक्रिया सुरु भएको हो ।
विगतमा धादिङ समाज धादिङ बस्दै आएको उक्त क्याम्पस चोकमा रहेको टहरा खाली गर्न नगरपालिकाले नोटिस जारी गरे सँगै खाली भएको उक्त टहरा भत्काएर नगरपालिकाले पार्क बनाउनका लागि डीपीआरको काम सम्पन्न गरेको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाले, सदरमुकाममा सडक पेटी निर्माण कार्य अन्तिम चरणमा छ । सदरमुकामका प्रत्येक घर अगाडी विरुवा रोपिएको छ । सार्वजनिक धारा र ट्वाईलेटहरु केहि निमार्ण भै सके भने केहि निमार्ण चरणमा छन् । सदरमुकामको अर्को सुन्दरताको काम वी.पी. पार्क अब सुरुहुँदै छ ।
प्रमुख ढुङ्गाना भन्नु हुन्छ, धादिङबेसी आउने जो कोहि पनि एक पटक वी.पी. पार्क जान मन लाग्ने गरी भनौं या सदरमुकामको इज्जत र सौन्दर्यता सँग जोडेर पार्क नगरपालिकाले बनाउँछ ।
