
धादिङ असोज १ । सबै भन्दा बढी दैनिक भिडभाड हुने सरकारी कार्यालय मध्य मलपोत कार्यालय पहिलो हो । कोरोना भाईरस (कोभिड १९) को रोकथाम र उपचारका लागि राज्यले गरेको लकडाउनका कारण लामो समय बन्द भएको मालपोत खुले सँगै भिडभाड हुने आँकलन गर्दै जिल्ला मालपोत कार्यालयले नयाँ मापदण्ड बनाएको छ ।
मालपोत कार्यालयले भिडलाई कम गर्दै सेवा प्रवाह जारी राख्ने योजना अनुरुप बार अनुसार पालिकाको काम हुने सुचना मार्फत जनाएको छ । जारी सूचनाको कैफियतमा भनिएको छ रुबीभ्याली, खनियाबास, गंगाजमुना र नेत्रावती डब्जोङ गाउँपालिकाको भने ६ दिन नै काम हुने छ ।
धादिङ मालपोतमा कुन बार कुन पालिकाको काम हुन्छ ?
- आईतबार धुनीबेसी नगरपालिका, गल्छी र बेनीघाट रोराङ गाउँपालिका
- सोमबार नीलकण्ठ नगरपालिका, गजुरी र सिद्धलेक गाउँपालिका
- मंगलबार त्रिपुरासुन्दरी, ज्वालामुखी र थाक्रे गाउँपालिका
- बुधबार धुनीबेसी नगरपालिका, गल्छी र बेनीघाट रोराङ गाउँपालिका
- बिहिबार नीलकण्ठ नगरपालिका, गजुरी र सिद्धलेक गाउँपालिका
- शुक्रबार त्रिपुरासुन्दरी, ज्वालामुखी र थाक्रे गाउँपालिका

