धादिङमा आज नीलकण्ठ र गजुरीमा गरी ६ जनामा कोरोना पुष्टि

Avatar photo
Dhadingpost
भदौ ३१, २०७७

धादिङ भाद्र ३१ । धादिङमा आज (बुधबार) नीलकण्ठ नगरपालिकामा ५ जना र गजुरी गाउँपालिकामा १ जना गरि ६ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा संक्रमितको संख्या ३३३ जना पुगेको छ ।

संक्रमित मध्य २ जनाको मृत्यु भैसकेको छ भने २१६ जना निको भएर घर फर्कि सकेको छन् ।

आज कोरोना संक्रमण हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ६ बर्षिय बालक, २९,३४,३६ बर्षिय महिलामा र वडा नं ८ का ३३ बर्षिय पुरुष छन् । यस्तै गजुरी गाउँपालिका वडा नं १ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
पालिका स्तरिय संक्रमितको संख्या
नीलकण्ठ नगरपालिकामा ९१ जना
त्रिपुरासुन्दरी गाउँपालिकामा ६६ जना
गल्छि गाउँपालिकामा ५१ जना
ज्वालामुखी गाउँपालिकामा ३७ जना
धुनीबेसी नगरपालिकामा १८ जना
थाक्रेमा गाउँपालिकामा १५ जना
बेनिघाट रोराङ गाउँपालिकामा १० जना
सिद्धलेक गाउँपालिकामा ९ जना
नेत्रावती डबजोङ गाउँपालिकामा ९ जना
गजुरी गाउँपालिकामा ८ जना
गंगाजमुना गाउँपालिकामा ७ जना
खनियाबास गाउँपालिकामा ४ जना
रुविभ्याली गाउँपालिकामा २ जना
र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ६ जना