धादिङमा अरिंगाल पोल्न रुख चढ्दा, लडेर एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
भदौ ३१, २०७७

धादिङ भाद्र ३१ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ मा अरिंगाल पोल्न लाग्दा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अरिङ्गाल पोल्न लाग्दा रुखको हाँगा भाँचिएर ३५ वर्षीय अर्जुनबहादुर थापामगरको मृत्यु भएको हो, भने २४ वर्षीय राजवीर गुरुङ गम्भीर घाईते भएका छन् ।

रुखबाट भुईमा बजारिँदा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइए छ ।