स्व. रामबहादुर पण्डितको सम्झनामा, सडकको नामाकरण र शालिक शिलान्यास

Avatar photo
Dhadingpost
भदौ ३१, २०७७

धादिङ भाद्र ३१ । गजुरी गाउँपालिकाले पृथ्वी राजमार्गको आमदघाटबाट दक्षिण तर्फ किराञ्चोक हुदै मकवानपुरको चौतारा जोड्न सडकको नाम राम बहादुर पण्डित स्मृति सडक नामाकरण गरेको छ ।

मंगलवार राम बहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको श्रद्धान्जली सभा तथा शालिक शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले आदमघाट बरभन्ञ्याङ चौतारा सडकको नाम राम बहादुर पण्डित स्मति सडक नामाकरण गरिएको बताउनु भएको हो ।

राम बहादुर पण्डित साविक किराञ्चोक गाँउ विकास समितिको २०४९ र २०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । उहाँलाई तत्कालिन युद्धरत माओवादीले सडकमै हत्या गरेकाले उहाँकै नामबाट सडकको नामाकरण प्रमुख बस्नेतले बताउनु भएको थियो । राम बहादुर पण्डितको भौतिक शरिर हामी बीच नरहेपनि उहाँले सत्मार्गलाई जिवन्त राख्न उहाँको शालिक र स्मारण बनाउने प्रस्तावा गाँउपालिका बजेट व्यवस्था गरेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा गजुरी गाउँपालिकाको उपाध्यक्ष सिता ढुङ्गानाले उहाँको हत्याले परिवारलाई मात्र नभई नेपाल कम्युष्टि पार्टीलाई नै क्षति भएको स्मरण गर्दै उहाँले देखाएका बाटोमा हिड्नु पर्छ । उहाँको स्मृति स्मारक बनाउने र सडकको नामाकरणले उहाँलाई जिवन्त राख्ने मद्धत पुग्ने बताउनु भएको थियो ।

राम बहादुर पण्डिलाई २०६० साल भदौ ३० गते राती घरबाट अपहरण गरि घरबाट करिव ३ किलो मिटरको दुरीमा गणेशस्थान सामुदायिक वनमा आदमघाट बरभन्ज्याङ चौतारा सडक खण्डमा हात बाँधेर बम पड्काएर हत्या गरिएको थियो ।

शव ३१ गते बिहान मात्र स्थानीयहरुले भेटेका थिए । शव उठाउन आएको एकिकृत सुरक्षा फोर्सका दुई जना सुरक्षाकर्मी पनि दरियाल खोलामा एम्वुसमा परेर ज्यान गुमाएपछि उहाँको शव असोज १ गते स्थानीयले उठाएर पोसमार्टम गर्न लगेका थिए ।