
धादिङ भाद्र २९ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बाल दिवसरको अवसरमा गाउँपालिका भित्र रहेका विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित अन्तर माध्यामिक र अन्तर आधारभुत विद्यालय स्तरीय अनलाईन वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
विपदमा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता विषयमा भएको आधारभुत तर्फ ब्राईट फ्यूचर बोर्डिङमा कक्षा ८ मा अध्ययनरत छात्रा रुबिस्का पाण्डे र शिक्षा,चेतना र विवेक विषयमा मावि तर्फ चन्द्रोदय मावि बिशालटार कक्षा ९ अङ्ग्रेजी माध्यममा अध्ययनरत प्रविना कडेल प्रथम हुनुभएको गाउँपालिकाका शिक्षा अधिकृत बोत्रराज पाठकले धादिङपोष्टलाई बताउनु भयो ।
नतिजा यस्तो छ
माध्यामिक विद्यालय स्तरीय
- प्रविना कंडेल चन्द्रोदय मावि, विशालटार प्रथम
- सुशील हटुवाल बगेश्वरी मावि, रिचोकटार द्वितिय
- आशिष श्रेष्ठ शंखादेवी मावि तृतिय
- सञ्जिल कंडेल ब्राइटफ्यूचर बोर्डिङ स्कुल सान्तोना
अधारभुत विद्यालय स्तरीय
- रुबिस्का पाण्डे ब्राइटफ्यूचर बोर्डिङ स्कुल, मलेखु प्रथम
- इशा त्रिपाठी बगेश्वरी मावि, रिचोकटार द्वितिय
- उपासना रुवाली राइजिग स्टार बोर्डिङ स्कुल, चरौंदी तृतिय
- सुमित सेंढाई चन्द्रोदय मावि, विशालटार सान्तोना
