धादिङमा कोरोना संक्रमितको संख्या ३२३ पुग्यो, आज थपिए ७ जना

Avatar photo
Dhadingpost
भदौ २९, २०७७

धादिङ भाद्र २९ । धादिङ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या ३२३ जना पुगेको छ जसमा सोमबार (आज) ७ जना थपिएका हुन् ।

आज थपिएका ७ जना संक्रमितहरुमा गल्छि गाउँपालिका वडा नं ६ का ४८, ३३, ३२, २७, २० वर्षिय, २८ वर्षका दुई पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।