बद्री बिशालको पूर्व शिक्षक तथा विद्यार्थीहरुको भर्चुअल वैठक सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २८, २०७७

धादिङ भाद्र २८ । धादिङको उत्तरी क्षेत्रमा गंगाजमुना ७ बुढाथुममा रहेको बद्री बिशाल माध्यमिक विद्यालयको भूतपूर्व शिक्षक तथा बिध्यार्थी मन्चले विद्यालयको बारेमा भर्चुअल बैठक सम्पन्न गरेको छ ।

संविधानसभा सदस्य धन बहादुर घलेले विद्यालय शिक्षा पुरा गर्नु भएको उक्त बद्रविशाल माध्यमिक विदालयको वर्तमान अवस्थाको बारे छलफल गर्न मन्चले भर्चुअल मिटिङको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथी धनबहादुर घलेले १२ कक्षा सम्म संचालित यस विद्यालयलाई स्नातक तह सम्मको कक्षा संचालनको लागि प्रक्रिया अगाडी बढेको जानकारी गराउनु भएको थियो ।

वैठकमा सहभागिहरुले विद्यालयको विकास र शैक्षिक उन्नयनको लागि गर्नु पर्ने कुनै पनि कदम सफलता पूर्वक अघि बढाउने, ई-लाईबेरी, आधुनिक प्रविधी मैत्री शिक्षण विधि, शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम, स्कुलको भौतिक संरचना स्तर उन्नती लगायत विषयमा सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

शिक्षाको पहुँचबाट कोहि पनि बन्चित हुनु नपरोस् भन्ने मनसायका साथ आर्थिक हिसाबले कमजोर तथा जेहन्दार विद्यार्थीहरुको लागि छात्रबृद्धिलाई निरन्तरता दिईने समेत बैठमका छलफल भएको सविन केसीले धादिङपोष्टलाई जानकारी दिनुभयो ।

बैठकमा मुख्यत: विश्वव्यापी कोरोना संक्रमणको चपेटामा परि विगत केहि महिना देखि ठप्प शैक्षिक क्षेत्रलाई कसरी समयानुकूल र परिवर्तित ढाँचाबाट अघि बढाउन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर छालफल गरिएको थियो ।

२०७५ सालमा ४ लाख भन्दा बढिको अक्षयकोष स्थापना गर्दै आफ्नो दायीत्व वहनमा दृढ देखिएको बद्री विशाल माविको उन्नयनमा सहभागिहरुले थप चासो व्यक्त गर्नु भएको मञ्चका अध्यक्ष कृष्ण अधिकारी बताउनुहुन्छ ।

मञ्चले केहि दिन अघि मात्र विद्यालयका अभिभावक तथा स्थानीय मृगौला रोगी सिता सिंखडाको उपचारको लागि २६ हजार २१० रुपैया सहयोग गरेको थियो ।