धुनीबेसीको भुवनेश्वरी खेल मैदानमा प्याराफिट निर्माण सुरु

Avatar photo
Dhadingpost
भदौ २८, २०७७

धादिङ भाद्र २८ । धादिङको धुनीबेसी नगरपालिकाको भुवनेश्वरी खेल मैदानमा प्याराफिट निर्माण सुरु भएको छ । आगामी पौष २७ गते निर्माण सम्पन्न गर्ने संझौता अनुसार जेसिका विल्डर्स प्रा. लि. ले प्याराफिट निर्माणको काम सुरु गरेको हो ।

बागमती प्रदेश र धुनिबेशी नगरपालिकाको साझेदारीमा खेल मैदानमा प्याराफिट निर्माण गर्न १ करोड २२ लाख ९५ हजार ८ सय २९ रुपैँयामा छुट्याईएको छ