सिन्धुपाल्चोकमा फेरि पहिरो, आठ घर पुरियो

Avatar photo
Dhadingpost
भदौ २८, २०७७

काठमाडौ भाद्र २८ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क चाङसारमा पहिरो जाँदाआठ घर पुरिदा २० जना भन्दा बढी वेपत्ता भएको आशंका गरिएको छ । घटना स्थलमा प्रहरीजाँदै गरेको बताईएको छ । ।
थप विवरण आउन बाँकी…..

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।