
धादिङबेसी भाद्र २८ । कोरोना भाईरस संक्रमणको लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित रक्तदान कार्यक्रहरु मुलुकभर रक्तसंकलन केन्द्रहरु रगत अभाव हुन थाले पछि रक्तदान कार्यक्रमले निरन्तरता पाउन थालेका छन् ।
धादिङमा पनि भाद्र महिनामा मात्र १९६ जनाले औपचारिक रुपममा भएका रक्तदान कार्यक्रमहरुमा सहभागिता जनाई रक्तदान गरेको छन् ।
रेडियो धादिङले आफ्नो १३ औं पक्षिणप्रसारको वर्ष गाँठको अवसरमा गरेको रक्तदान कार्यक्रममा २७ जना महिला र ७२ जना पुरुषले रगत दान गरेका थिए भने रेडक्रस दिवसको अवसरमा १३ जना महिला ४८ जना पुरुष गरि ६१ जनाले रक्तदान गरेका थिए ।
यस्तै शनिबार ‘महामारीमा प्राथमिक उपचार अभ्यासहरुमा अनुकुलता’ भन्ने नाराका साथ मनाईएको विश्व प्राथमिक उपचार दिवसको अवसरमा ९ जना महिला र २७ जना पुरुष गरि ३६ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाले दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । फाइल फोटो

