
धादिङ भाद्र २७ । धादिङबेसी स्थित जिल्ला अस्पतालको महिला शौचालयमा शुक्रबार दिउँसो भेटिएको २२ हजार नगद लिन कोहि सम्पर्कमा नआएको बताईएको छ ।
एक बिरामी महिला शौचालय जाँदा नगद २२ हजार भेटेर अस्पतालको फार्मेसीमा बुझाई दिनु भएको थियो । हामीले पैसा सुरक्षित राखिदिएका छौं अहिले सम्म पैसा आफ्नो भएको दावी गर्न कोही नआएका फर्मेसीमा कार्यरत सुदिप ठकुरीले धादिङपोष्टलाई बताउनु भयो ।
