धादिङमा कोरोना संक्रमितको संख्या २८४ पुग्यो, आज १ जना थपिए

Avatar photo
Dhadingpost
भदौ २६, २०७७

धादिङ भाद्र २६ । धादिङ जिल्लाको धुनीबेसी गाउँपालिकामा आज १ जनालार्य कोरोना संक्रमण भएको पुष्टि भए सँगै धादिङमा कोरोना संक्रमितको संख्या २८४ जना पुगेको छ ।

बिहिबार धादिङका ६६ जनाको पीसीआर परिक्षण गरिएकोमा धुनिबेसी निबासी एक जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।