
धादिङ भाद्र २६ । धादिङबेसीमा प्रहरीले साना होटलहरुमा छापामारी बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ ।
धादिङबेसी सदरमुकाम स्थित बजारमा रहेको होटल तथा रेष्टुरेण्टहरुबाट बिहिबार बरामद गरिएको ५ सय ३० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङबेसीमा ठुला व्यवसायीहरुले विदेशी मदिरा सय प्रतिशद नाफा खाएर बेचविखन गरि रहेको नदेख्ने प्रहरीले घरकै लागि खान पारेको लोकल रक्सी पनि उठाएर लाने गरेको र साना होटल व्यवसायीहरुको गुनासो गर्दै आएका छन् ।
