धादिङबेसी-टारीबेसी सडक मर्मत पछि मात्र हस्तान्तरण स्वीकार्य

Avatar photo
Dhadingpost
भदौ २५, २०७७

धादिङ भाद्र २५ । धादिङबेसी टारीबेसी सडक वर्षादको समयमा भत्किएको ठाउँहरुमा ठेकेदार कम्पनीले मर्मत गरेपछि मात्रै हस्तान्तरण स्वीकार्यहुने बताईएको छ ।

धादिङबेसी-टारीबेसी सडक मर्मत कस्ले गर्छ ? २२ ठाउँमा भासियो, ८१ ठाउँमा पहिरो भन्ने शिर्षकमा धादिङपोष्टले समाचार प्रकाशित गरे सँगै बुधबार संविधान सभा सदस्य गुरु बुर्लाकोटी, जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, सहायक प्र।जि।अ। रूद्र मल्ल, सडक आयोजना प्रमुख प्रेम खड्का, कन्ट्रयाक्टर कम्पनीका प्रतिनिधि सम्मिलित टोलिले उक्त सडक खण्ड अनुगमन गरेको छ ।

धादिङपोष्टको समाचार प्रभाव

अनुगमन पछि धादिङपोष्ट सँग कुरा गर्दै नेकपा नेत तथा संविधान सभा सदस्य गुरु वर्लाकोटीले भन्नु भयो । सडक धेरै ठाउँमा भासिएका छन् भने माथिबाट झरेको पहिरोले त्यति नै मात्रमा क्षेति पुर्याएको देखियो । यहि अवस्थामा हस्तान्तरण स्वकार्य नहुने र तत्काल भत्किएको सडक बनाउन र हस्तान्तरण प्रक्रियमा जान ठेकेदार कम्पनिलाई निर्देशन गरिएको छ ।

एसियाली विकास वैंकको सहयोगमा निर्माण गरिएको धादिङबेसी-टारीबेसी खण्डको निरिक्षण र अनुगमन कार्य स्थानीय व्यक्तिहरूको रोहोवरमा सम्पन्न भएको थियो ।

x