
धादिङ भाद्र २२ । धादिङ जिल्ला कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । अहिले सम्म २६८ जना संक्रमित फेला परेको धादिङमा २ जनाको कोभिड-१९ को कारणले मृत्यु समेत भई सकेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङमा भेटिन्छ ।
अहिले सम्म धादिङमा २७५ जना आईसोलेशनमा बसेको सूचि भेटिए पनि हाल आईसोलेशनमा बस्नेको संख्या २५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जसमा त्रिपुरासुन्दरी गाउँपालिकामा मात्र ११ जना, थाक्रे गाउँपालिकामा ९ जना, बेनीघाट रोराङमा २ जना, गल्छी गाउँपालिकामा २ जना र धुनीबेसी नगरपालिकामा १ जना हाईसोलेशनमा रहेका छन् ।


