धादिङमा कोरोना संक्रमितको संख्या २५७ पुग्यो, आज थपिए १२ जना

Avatar photo
Dhadingpost
भदौ २०, २०७७

धादिङ भाद्र २० । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या २५७ जना पुगेको छ, जसमा १२ जना आज (शनिबार) थपिएका हुन् ।

आज थपिनेमा नीलकण्ठ नगरपालिकाका र थाक्रे गाउँपालिकामा ४-४ जना रहेका छन् भने, धुनीबेसी नगरपालिकामा २ जना, गंगाजमुना गाउँपालिकामा १ जना, खनियाबास गाउँपालिकामा १ जना रहेका छन् ।

आजको मिति सम्म संक्रमित मध्य धादिङमा २ जनाको मृत्यु भएको छ भने, आईसोलेशनमा बसेको संख्या २७१ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयका धादिङले जनाएको छ ।