राक्सिराङको परेवा भीरमा सडक बनाउन २ करोड विनियोजन

Avatar photo
Dhadingpost
भदौ २०, २०७७

धादिङ भाद्र २० । राक्सिराङ–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अवरोध मानिएको परेवाभीरमा व्यवस्थित गर्न अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्रालयले आधिकारिक पत्र लेखेर मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको परेवाभीरको लागि ससर्त अनुदानको रुपमा २ करोड रुपैयाँ विनियोजन उपलब्ध गराउने जानकारी दिएको हो ।

यसअघि राक्सिराङ गाउँपालिकाले ससर्त अनुदानको रुपमा २ करोड रुपैयाँ विनियोजन गरी बहुवर्षीय बोलपत्र आह्वान गरेको थियो । परेवाभीर खण्ड निर्माणका लागि ६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने अनुमान भएकोमा गाउँपालिकाले २ करोड विनियोजन गरी बहुबर्षीय ठेक्का आह्वान गरेको हो ।

थप दुई करोड रुपियाँ संघीय सरकारको समेत थपिएसँगै परेवाभीरमा व्यवस्थित सडक निर्माणको लागि ४ करोड रुपैयाँ विनियोजन भएको छ । फाइल फोटो