मेस्सी अबको एक वर्ष बार्सिलोनामै रहने

Avatar photo
Dhadingpost
भदौ २०, २०७७

एजेन्सी भाद्र २० । विश्वका चर्चित फुटबल खेलाडी लियोनल मेस्सी एक सिजनको लागि बार्सिलोनामै रहने । क्लब छाडेर जान इच्छा देखाएका मेस्सी ले १० २०२०र२१ सिजन बार्सिलोना रहन सहमती जनाएका हुन् ।

क्लबलाई मंगलबार फ्याक्स पठाउँदै उनले आफनो करारमा नयाँ धारा प्रयोग गर्न चाहेको कुरा उल्लेख गरेका छन् जहाँ उनलाई निःशुल्क स्थानान्तरणको सहमती दिनुपर्नेछ । तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज दिनुपर्ने माग राखेको थियो ।

‘कुनै पनि टोलीले मेरो रिलिज क्लज तिर्न असम्भव छ । र म क्लबलाई अदालतसम्म लग्न चाहन्न् ।’ गोलसँग कुरा गर्दै मेस्सीले भनेका छन् ‘मैले क्लब, अध्यक्षलाई भने कि म जान चाहन्छु । म हरेक वर्ष भन्दै आएको छु। मैले सोच र म निश्चित छु कि म स्वतन्त्र छु ।