
धादिङ भाद्र १९ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या २४५ जना पुगेको छ जसमा १३ जना आज थपिएका हुन् ।
आज (शुक्रबार) थपिन संक्रमितमा त्रिपुरासुन्दरी गाउँपालिकामा ९ जना, धुनीबेसी नगरपालिकामा १ जना, बेनीघाट रोराङ गाउँपालिकामा १ जना, गजुरी गाउँपालिकामा १ जना र गंगाजमुनामा १ जना गरि १३ जनाको रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
गजुरीमा भनिएको पोजेटिभ गजुरी निवासी नभई रसुवा निवासी मृतकको भएको बताईएको छ ।

