
धादिङ भाद्र १८ । धादिङको गल्छीमा मृत्यु भएका रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ साविकको धुन्चे ठाडेका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । भाद्र १४ गते नवलपरासीबाट रसुवा जानका लागि धादिङ हुदै आएका ति पुरुष गल्छीमा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुर्याईएको थियो ।
अस्पतालले उनलाई मृतक घोषणा गरेको सँगै भाद्र १६ गते कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरी काठमाडौँ पठाइएकोमा बिहिबार पोजेटिभ रिपोर्ट आएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी विश्वराज खड्काले बताउनु भयो ।
गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले पनि मृतकको कोराना पोजेटिभ देखिएको पुष्टी भएको बताएका छन् ।
मृतक ति पुरुष मुटु, कलेजो लगायत अन्य समस्याहरुको उपचार गराइरहेको परिवारिक स्रोतले बताएको छ ।
