
धादिङ भाद्र १८ । धादिङ जिल्लामा बिहिबार सम्ममा कोरोना भाईरस संक्रमितको संख्या २३२ जना पुगेको छ भने यस मध्य ३ जना आज थपिएका हुन् ।
आज थपिएका संक्रमितहरुमा बेनिघाट रोराङ गाउँपालिकाका वडा नं २ का २६ वर्षिय पुरुष, वडा नं ३ का २४ वर्षिय पुरुष र गल्छि गाउँपालिका वडा नं ४ का २७ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ३२ पुगेको छ ।
२ सय २० जनाको पीसिआर रिपार्ट आउन बाँकी रहेको छ । बिहिबार ९६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ भने जिल्लाका विभिन्न स्थानबाट थप ८६ जनाको स्वाव संकलन गरी परिक्षण लागी पठाईएको छ । धादिङमा हाल ३८ जना आईशोलेशनमा रहेका छन् भने २७ जना क्वारेन्टाईनमा रहेका समेत हेल्थ असिस्टेन्ट मिलन रिजालले धादिङपोष्टलाई बताउनु भयो ।

