
धादिङ भाद्र १७ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पतालको व्यवस्थापकिय पक्ष फितलो भएको आरोप लाग्ने गरे पनि अस्पतालका स्वास्थ्यकर्मीहरुको सेवा प्रवाह भने प्रशंषनिय बन्दै गएको छ ।
अस्पतालका स्वास्थ्यकर्मीहरुले मंगलबार भाचिएर सरेको हातको हड्डीलाई नचिरिकनै ठाँउमा ल्याएर तारले अड्याउने सफल शल्यक्रिया गरेका छन् ।
अर्थोपेडिक सर्जन डाक्टर दिब्य पुरुष ढकाल र शल्यक्रियामा सहभागी मेडिकल अधिकृत डा. निराजन कडेल, एनेस्थेसिया असिस्टेन्ट लेख बहादुर श्रेष्ठ, नर्सिङ अधिकृत मनकुमारी श्रेष्ठ र स्टाफ नर्स एस्थर तामाङले सफल शल्यक्रियामा गरेका थिए ।

