धादिङमा आज ११ जना थपिए, संक्रमितको संख्या २२७ जना पुग्यो

Avatar photo
Dhadingpost
भदौ १६, २०७७

धादिङ भाद्र १६ । धादिङको संकट व्यवस्थापन समितिले साउन २८ गतेदेखि जारी गरेको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेकै दिन आज धादिङ जिल्लामा ११ जना कोरोना संक्रमित भेटिएका छन् ।

धादिङमा पछिल्लो ११ जना कोरोना संक्रमितको संख्या थपिए सँगै कोरोना भाईरस संक्रमितको संख्या २२७ जना पुगेको हो ।

आज थपिने सक्रमितमा धादिङको रुविभ्यालि गाउँपालिकाका वडा नं १ का २४ वर्षिय पुरुष, नेत्रावती डवजोङ वडा नं ३ का ३२ वर्षिय पुरुष, नेत्रावती कै वडा नं ५ का २५ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का ३३ वर्षिय पुरुष र गल्छि गाउँपालिका वडा नं १ का ३५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आजै सिद्धलेक गाउँपलिका वडा नं ३ का १८ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ६ का ३१ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ३ का ३१ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं ३ का २६ , २८ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रममण पुष्टि भएको छ ।