धादिङमा संक्रमित संख्या २१६ पुग्यो, आज थपिए ५ जना

Avatar photo
Dhadingpost
भदौ १४, २०७७

धादिङ भाद्र १४ । धादिङ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या २१६ जना पुगेको छ । आईतबार धुनीबेसी नगरपालिका, सिद्धलेक र ज्वालामुखी गाउँपालिकामा ५ जनालाई कोरोना भएको पुष्टि भए सँगै धादिङमा संक्रमितको संख्या २१६ जना पुगेको हो ।

धादिङमा आज संक्रमित हुनेमा सिद्धलेक गाउँपालिकाका वडा नं ३ का २४ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ६ की ६२ वर्षिय महिला, वडा नं ८ की ७२ वर्षिय महिला, ज्वालामुखी गाउँपालिका वडा नं ४ का ३६ वर्षिय पुरुष र धादिङ घर भई अन्य ठेगाना नखुलेका २७ वर्षिय पुरुषमा रहेको जिल्ला स्वास्थ्य कार्यालयल धादिङले जनाएको छ ।