कन्ट्याक्ट ट्रेसिङमा परेपछि दुई मन्त्री आइशोलेशनमा

Avatar photo
Dhadingpost
भदौ १३, २०७७

काठमाडौं भाद्र १३ । कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बस्नु भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि पोखरेल र बादल होम आइशोलेशनमा बस्नुभएको हो ।

पोखरेल र बादल होम आइशोलेशनमा बसेपछि आज बस्ने भनिएको नेकपा सचिवालय बैठक भाद्र १८ गते बस्ने तय भएको छ ।