धादिङमा रासायनिक मल लिन भिड

Avatar photo
Dhadingpost
भदौ १३, २०७७

धादिङ भाद्र १३ । धादिङबेसीमा साल्ट ट्रेडिङले पठाएको ४२० बोरा रासायनिक मल वितरण अस्त व्यस्त भए सँगै किसानहरुले मलको लागि कोरोनाको समेत डर नमानि भिड भाड गरेका छन् ।

धादिङका लागि १४० वटा सहकारीले धरौटी बुझाएर मलको माग गरेता पनि कृषि सामाग्री लिमिटेडको रासायनिक मल अझै केहि दिन नआउने भएपछि नीलकष्ठ सहकारीले ल्याएको साल्ट ट्रेडिङ मार्फत ल्याएको रासायनिक मल लिन किसानहरुको भिड लागेको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले भदौ १६ गते सम्म निषेधाज्ञा जारी गरेको छ तर किसानलाई अहिले कोरोनाको भन्दा रासायनिक मलको चिन्ता भएकोले मल लिन नीलकण्ठ सहकारीको प्राङ्गणमा भिड लागेको हुन । फोटोः हरिहरसिंह राठौंर