धादिङबाट जनयुद्धको क्रममा भाद्र महिनामा ८ जना सहिद (विवरण समेत)

Avatar photo
Dhadingpost
भदौ १२, २०७७

धादिङ भाद्र १२ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङबाट ११५ जनाले जीवन बलिदानी दिएका थिए । जसमा भाद्र महिनामा मात्रै जनयुद्धको क्रममा धादिङ ८ जनालाई माओवादी भएकै क्रममा तात्कालिन सेनाले हत्या गरेको थियो ।

भाद्र महिनामा सहिद हुनेमा भुमेस्थान निवासी १६ वर्षिय विन्दा सुवेदी देखि ४८ वर्षिय इन्द्र बहादुर थपलिया समेत हुनुहुन्छ ।

सहिद विवरण

क्र.स.नामठेगानासहादत मितिस्थान
१.रिता श्रेष्ठ, रेजिनानीलकण्ठ-१४, धुँवाकोट०५९।०५।०१सर्तुङ
२.चन्द्र बहादु तामाङ, प्रतापनीलकण्ठ-१४, धुँवाकोट०५९।०५।२३सन्धिखर्क
३‍‍.मुकुन्द सेन, सन्देशकल्लेरी२०५९।५।२९थर्पु
४‍.रञ्जिता ढकाल, प्रगतिगंगाजमुना, बसेरी २०६०।५।२७नुवाकोट
५.इन्द्र बहादु थपलिया, चट्यानबेनिघाट रोराङ, धुषा२०५९।५।१५भुमेस्थान
६.सुमित्रा दंगाल, संगिताजीवनपुर२०५९।५।१३तसर्पु
७.बिन्दा सुवेदी, अनिताभुमेस्थान२०५९।५।१५भुमेस्थान
८.कमल ढकाल, तराईभुमेस्थान२०५९।५।१५भुमेस्थान

मैदी प्रहरी चौकी, दार्खा प्रहरी चौकी, अर्घाखाचीको सदरमुकाम सन्धिखर्क २०५९/०५/२३ नुवाकोटको तारुका चौकी, स्याङजा सदरमुकाम कार्बाही २०५८/०८/०८ लगायतका थुप्रै जिल्ला क्षेत्र अञ्चल स्तरिय कार्वाहीमा सहभागी धुँवाकोटका चन्द्र बहादुर तामाङ प्रतापले समेत यहि महिनामा सहादत प्राप्त गर्नु भएको थियो ।

यस्तै साहित्यमा निकै रुचि राख्ने, मेलमिलाप क्षेत्रमा दख्खल सुनौला बजारका मुकुन्द सेनलाई पनि तात्कालिन सेनाले माओवादी बने कै आधारमा निशस्त्र अवस्थामा नै हत्या गरेको थियो ।

भाद्र महिनाको १ गते सहादत प्राप्त गर्नुहुने रेजिनाको जीवनी धादिङपोष्टले प्रकाशित गरी सकेको छ भने अन्य सहिदहरुको पनि सहादत प्राप्त गरेको दिन जिवनी प्रकाशित गर्ने छौं ।