सरकारले जबर्जस्त युद्धको बिजारोपण गर्दैछ -करन

Avatar photo
Dhadingpost
भदौ १०, २०७७

धादिङ भाद्र १० । बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल (करन) ले सरकारलाई कम्युनिस्ट नामधारी दलाल सरकारले र जबर्जजस्त युद्धको बिजारोपण गर्न लागेको आरोप लगाएका छन् ।

अध्यक्ष बसेलले बुधबार बिहानै एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै, शान्ती प्रक्रियाको मर्म र भावना विपरीत प्रक्रियामा गइ पटकपटक भएको सम्झौतालाई ब्यवस्था गर्दै एउटा हतियार र गोला बारुद द्वार प्रशिक्षित समुहलाई जबर्जस्त युद्धको बिजारोपण गर्न लागेको आरोप लगाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, शान्ति प्रक्रियाको पहिलो हिस्सा बहिर्गमित जनमुक्ति सेना नेपालको विषयलाई भने पुर्ण रूपमा पाखा लगाउने काम भएको छ । जबकि जनयुद्धका डिपोटी कमान्डर जनार्दन शर्मा प्रभाकर स्वयं उक्त कार्यदलको सदस्य हुनुहुन्छ । यसरी बहिर्गमित जनमुक्ति सेनाको माग मुद्दा लाई विगत देखिनै आफ्नै भनाउदाहरुले बेवास्ता गर्ने र विभिन्न षड्यन्त्र रचदै जसरी बाइपास गरिदै छ । यस्तो किसिमको रवैया प्रति बहिर्गमित जनमुक्ति सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको छ साथै यसको घोर निन्दा तथा भर्त्सना गर्दछ ।

विज्ञप्ती

मिति :- २०७७ / ५ / १० गते

विषय :- प्रेस विज्ञप्ति

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्रको विवाद मिलाउन मिति २०७७ साउन ३० गते गठित कार्यदलले बुझाएको प्रतिवेदनको बुंदा नम्बर १५ मा शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने भनी उल्लेख गरिएको र बुंदा नम्बर १५ .३ मा शान्ति प्रक्रियाको महत्त्वपूर्ण पक्षको रूपमा रहेको माओवादी लडाकुको समायोजन र व्यवस्थापनको काम सफलतापुर्वक सम्पन्न भएको छ । पुर्व लडाकुहरुमध्ये केहिले नेपाली सेनामा समायोजन भएर मुलुकको सार्वभौमसत्ता ,राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा जस्ता महत्त्वपूर्ण काममा योगदान गरिरहनु भएको छ भने अधिकांशले स्वेच्छिक अवकाशको विकल्प चयन गरेर राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय तथा आर्थिक उत्पादन र स्वरोजगारमा सङ्लग्न हुनुभएको छ । सहज र स्वेच्छिक व्यवस्थापन गर्दै समायोजनको काम सम्पन्न हुनु नेपालको शान्ति प्रक्रियाको विशिष्ट र उदाहरणीय पक्ष हो भनिएको छ र अन्य बुंदाहरुमा पनि शान्ति प्रक्रियाको बाँकी रहेका काम बारे उल्लेख गरिएको छ । तर शान्ति प्रक्रियाको पहिलो हिस्सा बहिर्गमित जनमुक्ति सेना नेपालको विषयलाई भने पुर्ण रूपमा पाखा लगाउने काम भएको छ । जबकि जनयुद्धका डिपोटी कमान्डर जनार्दन शर्मा ( प्रभाकर ) स्वयं उक्त कार्यदलको सदस्य हुनुहुन्छ । यसरी बहिर्गमित जनमुक्ति सेनाको माग मुद्दा लाई विगत देखिनै आफ्नै भनाउदाहरुले बेवास्ता गर्ने र विभिन्न षड्यन्त्र रचदै जसरी बाइपास गरिदै छ । यस्तो किसिमको रवैया प्रति बहिर्गमित जनमुक्ति सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको छ साथै यसको घोर निन्दा तथा भर्त्सना गर्दछ ।

बहिर्गमित जनमुक्ति सेना नेपाले विगत ११ वर्ष देखि शान्ति प्रक्रिया लाई पुर्णतः दिने उद्देश्यका साथ शान्ति पुर्वक आफ्नो माग मुद्दा राख्दै आएको र हालसम्म पनि राज्य र सम्बन्धित निकाय ले कुनै पनि चासो नदेखाइ रहँदा उल्टो फेरि कम्युनिस्ट नामधारी दलाल सरकार ले शान्ती प्रक्रियाको मर्म र भावना विपरीत प्रक्रियामा गइ पटकपटक भएको सम्झौता लाई रडिको टोकरीमा फ्याँक्दै एउटा हतियार र गोला बारुद द्वार प्रशिक्षित समुह लाई जबर्जस्त युद्धको बिजारोपण गर्दै छ । यसको हिसाबकिताब गर्न बहिर्गमित जनमुक्ति सेना नेपाल तयार हुनेछ र सम्पुर्ण देशभक्ति,जनप्रेमी र शान्ति प्रेमी आम जनसमुदायहरुमा साथ र सहयोगको हार्दिक अपिल गर्दछौं ।

अध्यक्ष
रमेश बसेल ( करन )
बहिर्गमित जनमुक्ति सेना नेपाल