धादिङका दुई युवा ५२ केजी गाँजा सहित पक्राउ

Avatar photo
Dhadingpost
भदौ ७, २०७७

धादिङ भाद्र ७ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर३ का २४ बर्षिय ईन्द्र बहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङलाई प्रहरीले ५२ केजी गाँजा सहित पक्राउ गरेको छ । उनीहरु सँगै भरतपुर महानगरपालिका वडा नम्बर २४ का ६१ वर्षीय पदम बहादुर तामाङ समेत पक्राउ परेका छन् ।

बा ३ ख ७९५८ नम्वरको ट्रक ५२ केजी गाँजा राखेर राखेर भरतपुरबाट चनौलीतर्फ जाँदै गर्दा ईलाका प्रहरी कार्यालय चनौली चितवनले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ थाँक्रेका ईन्द्र बहादुर तामाङ ट्रक चालक हुन् ट्रक चेकजाँचको क्रममा ५२ केजी गाँजा फेला परेकोले पक्राउ गरिउको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।