
धादिङ भाद्र ६ । धादिङको गजुरी गाउँपालिका १ मा रहेको चेपाङ छात्रावासमा रहेका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालले आर्थिक सहयोग दिइएको छ ।
छात्राबासमा रहेका चेपाङ छात्राहरुलाई प्रयासु नेपालको उक्त आर्थिक सहयोग गजुरी उँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले हस्तान्तरण गर्नुभएको थियो ।
गजुरी गाउँपालिमा विभिन्न सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गैर सरकारी संस्था प्रयासले चेपाङ बालिकालाई जनही जनही ४ हजारका दरले आर्थिक सहयोग गरेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

गजुरी छत्रावासमा रहेका ति बालिकाहरु लकडाउनका कारण घरमा गएकोले गजुरी ४ च्याङ्ली फेदीमा र गजुरी गाउँपालिका वडा नं. ३, ४ र ६ नम्बर वडाका १५ जनालाई आज आर्थिक सहयोग निर्देशक अर्यालले धादिङपोष्टलाई बताउनुभयो ।
बन्दाबन्दिका कारण दैनिक ज्यालामा जान नसकेका चेपाङ परिवारको दैनिक खाद्यान्नमा र बालबालिकाको शैक्षिक सामाग्री व्यवस्थापनमा सहयोग होस् भनेर आर्थिक सहयोग गरेको पनि कार्यकारी निर्देशक अर्याल बताउनुहुन्छ ।
आर्थिक सहयोग प्राप्त गरेपछि खुशी व्यक्त गर्दै छात्रा सविना चेपाङले घरकालागि अत्यावश्यक सामाग्री र शैक्षिक सामाग्री खरिद गर्ने बताउनुभयो ।
