
धादिङ भाद्र ६ । धादिङबेसी स्थित मिनलनटाल, विपि मार्ग टोल र प्रसंसा टोलबासीहरुले नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानालाई कटाक्ष गर्दै कोरोनाको भन्दा हैजाको डर मेयर साव भनेका छन् ।
स्थानीय प्रसंसा टोलका टेक बहादुर तामाङले ०६० सालदेखि हाल सम्म सेफ्टी ट्याङ्की रातको समयमा नालामा फाल्ने गरेको र यस विषयमा पटक-पटक मयर ढुङ्गानाको ध्यानाकर्षण गराउँदा पनि नगपालिकाले कुनै कदम नचालेकोले सामाजिक सञ्जालबाट मेयर ढुङ्गानाको कटाक्ष गरेका हुन् ।

दैनिक जसो सेफ्टी टेङ्की नालामा फाल्दा बसी नसक्नु दुर्गन्ध आउँछ, हामीलाई अहिले कोरोनाको भन्दा हैजाको डर भएको छ । पटक-पटक सेफ्टी ट्याङ्कीको फोहोर नालामा नफ्न भन्यौं तर टेक बहादुरले अटेर गरेको एक स्थानीय बताउँछन् ।
मेयर सापले दैनिक रुपमा खेल्ने मिलनटोल स्थित ब्याडमिन्टन खेल मैदानमा समेत गन्धले बसिनसक्नु हुन्छ तर यसबारे किन मौन भन्दै फेसबुमा शर्मिला तमुले फेसबुकबाट ध्यानाकर्षण गराउनु भएको देखिन्छ ।
यस्तै गुरु दाहालले आफ्नो फेसबुकमा लेखेका लेख्नु हुन्छ, बिपी टोल, बीचबजार टोल, प्रसंसा टोलमा बस्नै न सक्नी गरि, यो कोरोनाको महामारी भन्दा हैजाको महामारी भयो यो बर्खाको समयमा, नीलकण्ठको फोहोर व्यवस्थापनको कार्यालय शम्भु सिंह ठकुरी घरमा छ, उक्त कार्यालयबाट दश मिटरमा यस्तो कार्य भएको छ ।
मेयर ज्यू, ढल व्यवस्थापनमा गम्भीर नहुदाको परिणाम हो यो । सफेटी टंकीबाट सार्वजनिक कुलोमा येसरी ढल राख पौदैन । मेयर ढुङ्गाना ज्यू, ब्याडमिन्टन खेल खेल्न आउदा दुर्गन्धको वास्था नै नगरी खेलेर फर्कनु हुन्छ । यो सबै आफ्नो पार्टीको सदस्यलाई छुट होला कि सानालाई ऐन ठुलालाई चैन हो । बुझ्न सकिएन ।

