गजुरी निवासी पार्वती थिङ, ९ किलो चरेश सहित पक्राउ

Avatar photo
Dhadingpost
भदौ ५, २०७७

धादिङ भाद्र ५ । धादिङ गजुी गाउँपालिका वडा नम्बर ८ निवासी २२ वर्षिय पावर्ती थिङलाई प्रहरीले ९ किलो चरेश सहित पक्राउ छ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेश बरामद समेत गरेको महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेकी थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिए छ ।