धादिङमा आज एक बालक सहित दुई जनामा कोरोना पुष्टि

Avatar photo
Dhadingpost
भदौ ३, २०७७

धादिङ भाद्र ३ । धादिङमा आज एक १० वर्षिय बालक सहित २ जनामा कोरोना भाईरस पोजेटिभ भएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार बुधबार धादिङको धुनीबेशी नगरपालिका–२ निवासी १० वर्षिय बालक र थाक्रे गाउँपालिका–१ निवासी ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या १ सय ७० पुगेको छ । यस मध्ये निको भई सकेको संख्या १ सय ४० छ भने ३० जना उपचाररत रहेका छन् ।