बालिका बेचबिखन गरेको अभियोगमा अर्पण तामाङ पक्राउ

Avatar photo
Dhadingpost
भदौ ३, २०७७

धादिङ भाद्र ३ । बालिका वेचविखन गरेको अभियोगमा नुवाकोटका अर्पण तामाङ भनिने राजु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट तादी गाउपालिका ३ खरानिटार स्थाई घर भई हाल काठमाण्डौ तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने नीज तामाङले १७ वर्षीया वालिकालाई विवाह गर्ने भन्दै भारतमा वेचविखन गरेको अभियोगमो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ति बालिकालाई नीज तामाङले काठमाण्डौ गोंगबु स्थित फेसबुक गेष्ट हाउसमा लगी पटक–पटक जवर जस्ती करणी गरी गोगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुंदै काकडभिट्टा सिमा नाकाबाट भारतिय अपरिचित पुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केका प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ ।