धादिङमा कर्फ्यु कडाई, बाहिर हिडडुल गर्न समेत नपाईने

Avatar photo
Dhadingpost
भदौ ३, २०७७

धादिङ भाद्र ३ । जिल्ला प्रशासन धादिङ धादिङले फुर्केखोला देखि धादिङबेसी सम्म (कालुपाण्डे राजमार्ग) र नीलकण्ठ नगरपालिकाको ७ वटा वडाहरुमा घर बाहिर हिडडुल गर्न समेत नपाईने गरि कर्फ्यु लगाएको छ ।

कोरोना रोकथामको लागि जिल्ला प्रशासनले भाद्र ९ गते सम्म लगाएको क्फ्युलाई कडाई गर्दै यी उल्लेखित माथिका ठाउँहरुका स्थानीयलाई घर बाहिर हिडडुल गर्न समेत नपाउने गरि कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन धादिङले सूचना जारी गर्दै फुर्केखोला देखि धादिङबेसी सम्म (कालुपाण्डे राजमार्ग) क्षेत्र र नीलकण्ठ नगरपालिका अन्तरगत २, ३, ४, ७, ८, १२ र १४ वडहरुमा भाद्र ९ गते घर बाहिर हिडडुल समेत गर्न नपाउने गरि कर्फ्यु लगाएको हो ।

सूचनामा भनिएको छ, अति अवश्यक कामहरु औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारि कृषि कार्य गर्ने जस्ता आवश्यक काममा भने बाहिर निस्कन पाईने छ ।


यस्तो छ, सूचना