
धादिङ भाद्र २ । धादिङ जिल्लामा आज ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना भाईरस संक्रमित हुनेको संख्या १६७ जना पुगेको छ ।
आज संक्रमित हुनेहरुमा धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला, ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ गाउँपालिका–४ का २८ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएको बिरामीको उपचारमा खटिएका धादिङ अस्पतालका १० जना स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आए सँगै अवरुद्ध जिल्ला अस्पतालको सेवाहरु पुन सूचार भएको छ ।
