धादिङका काजी श्रेष्ठलाई नेफ्स्कून पत्रकारिता पुरस्कार

Avatar photo
Dhadingpost
भदौ १, २०७७

धादिङ भाद्र १ । धादिङ नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङका काजी श्रेष्ठ नेफ्स्कून पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

एक दशकदेखि सहकारी क्षेत्रको समाचार लेख्दै आएका धादिङ नीलकण्ठका श्रेष्ठलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले ३३ औं स्थापना दिवसको अवसरमा नेफ्स्कून पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

सहकारीखबर डटकमका सम्पादक समेत रहेका श्रेष्ठले काठमाडौमा रहेर प्रत्रकारीता गर्दै आउनु भएको छ । वर्षिक रुपमा नेफ्स्कून प्रदान गर्दै आएको नेफ्स्कून पत्रकारिता पुरस्कारबाट सम्मानित भए सँग आफुलाई सहकारी क्षेत्रका कलम चलाउन थप हौशला मिलेको श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो।

एक कार्यक्रममा बीच उपसमितिका संयोजक एवं नेफ्स्कूनका स्थापना दिवसमा घोषणा गरिने उक्त पुरस्कार वार्षिक साधारणसभाको अवसरमा आयोजिक कार्यक्रममा प्रदान गर्ने नेफ्स्कूनले जनाएको छ ।

धादिङका काजी श्रेष्ठ उप राष्ट्रपतिको हातबाट सम्मानित

यस अघि राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको भनेर १४ औं वार्षिक साधारणसभामा ११ हजार १ सय ११ रुपैंया सहित सम्मानित गरेको थियो । उक्त पुरस्कार उपराष्ट्रपति नन्दहबादुर पुनको हातबाट प्रदान गरिएको थियो ।