
धादिङ कुम्पुर भाद्र १ । धादिङका सिद्धलेक गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको नाम लिँदै आफुमाथि हातपात भएको कुम्पुर स्वास्थ्य चौकीका अहेब रकिम अन्सारीले बताउनु भएको छ ।
आइतवार साझ ५ बजे एक्कासि कार्यालय परिसरमा आएर, हाम्रो गाउँपालिका अध्यक्षले र वडा अध्यक्षले भनेको किन मन्दैनस, खुरुक्क यस स्वास्थ्य चौकी छोडेर जान्छस् कि जादैनस् भन्दै कुटपिट गरे’, अन्सारीले धादिङपोष्टलाई बताउनु भएको हो । यद्यपि अन्सारीले भागेर ज्यान बचाएको बताउनु भएको छ ।
घटनाको विषयमा आरोपित दुर्गा नेपाली आफुले हातपात नगरेको र श्यामले अन्सारीको झोला तान्दै गर्दा हातपात हुन सक्ने भन्दै छुट्याएको दाबी गर्नु भयो । मैले मुख समेत छाडेको हुँ, तर हात पात गरेको छैन । घटना घलेको भाई उक्त स्वास्थ्य चौकीमा कार्यालय सहायक छन् दिउँसो अन्सरी सँग भनाभन भएछ त्यसैको विषयमा बेलुका सामान्य घटना भएको दर्गा बतानुहुन्छ ।
यस्तै घटनाका अर्का आरोपित श्याम घले भने उक्त घटनामा भाई जोडिएको समेत धादिङपोष्टलाई लुकाउनु हुन्छ । रकिम गाउँपालिकाको निर्णय किन मान्दैनन् मैले यस अघि पनि भट्न खोजेको थिए तर अफिस नआएकोले भेट्न सकेको थिईन हिजो आएका छन भन्ने सुनेर गएको हुँ, उनको भ्रष्टचारको कर्तुतको विषयमा कुरा उठाउँदा सामान्य भनाभन मात्र भएको हो ।
घलेले यसो भनि रहँदा हामीले सयौंको जुलुसले अन्सारीको पक्षमा सिद्धलेक गाउँपालिका कार्यालय घेरेको भिडियो देख्नु भयो होला, एक पटक हैन त्यो पनि पटक पटक जनता जागेको देख्नु भएन ? भ्रष्टचारको छानविन सम्बन्धीत निकायले गर्ने की तपाईले पिट्न जाने भन्ने प्रश्नमा घटनाका आरोपित घले बन्नुहुन्छ गाउँपालिका घेर्न राजनीतिक प्रतिशोधका कारण केहि मान्छे गएका हुन् ।
घटना घट्नुको कारण यस्तो थियो
दुर्गा नेपालीको श्रीमती केहि समय पहिला उक्त स्वास्थ्य चौकीको कार्यालय सहायक हुनुहुन्थ्यो । उहाँलाई हटाएर पछि उक्त पदमा श्याम घलेको भाईलाई गाउँपालिकाले करारमा नियुक्ती गर्यो । यो घटना देखि दुर्गा कार्यालय प्रमुख अन्सारी सँग रुष्ट थिए ।
यस्तै कार्यालय सहयोगी घलेले औषधी बोकेको भ्रमण आदेश बनाउन अन्सारी सँग आग्रह गरे पछि अन्सारीले आफुलाई जानकारी नभएको भन्दै अर्का कर्मचारीलार्ई घलेको भ्रमण आदेश बनाईदिन निर्देशन दिएपछि कार्यालय सहयोगी घले र अन्सारीको विवाद भएको थियो । विवादको कुरा बाहिरीए पछि रुष्ट बनेका दुर्गा र श्याम घले रकिमलाई खोज्दै स्वास्थ्य चौकी पुगेका थिए ।

