
धादिङ साउन ३२ । धादिङ जिल्लामा पाँच वर्ष यता सवारी दुर्घटनाबाट मात्र मृत्यु हुनेको संख्या ४१४ जना जना रहेको पाईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको अभिलेखमा गएको पाँच वर्षमा धादिङ जिल्लामा ८९२ वटा सवारी दुर्घटना परि ४१४ जनाले ज्यान गुमाएको देखिएको हो ।
जस अन्तरगत ०७२/७३ सालमा ९० वटा दुर्घटना भएको र ६१ जनाको मृत्यु भएको थियो ।०७३/७४ सालमा ९८ वटा दुर्घटनामा ९० जनाको मृत्यु भएको पाईएको छ ।
यसैगरी ०७४/७५ मा ११५ वटा दुर्घटना हुँदा ११७ जनाले ज्यान गुमाएका थिए । ०७५/७६ मा १३८ वटा दुर्घटना भएको थियो जसमा ९३ जनाले ज्यान गुमाएका थिए भने ०७६/७७ मा १२५ वटा दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको थियो ।
