
धादिङ साउन २८ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारी डाँडा नीगालपानीमा दुई पटकको ५/५ लाखको बजेट फ्रिज भए पनि नीलकण्ठ नगरपालिकाले तेस्रो पटक ०७७/७८ पुनः ५ लाख विनियोजन गरेपछि स्थानीयको श्रमदान सहित खेल मैदान निमार्ण भएको छ ।
नगरपालिकाको ५ लाख र श्रमदान १ लाख ४५ हजार ३७१ रुपैयाँ खर्च गरि खेल मैदान निमार्ण गरिएको उपभोक्ता समितिका अध्यक्ष राजाराम भट्टराईले धादिङपोष्टलाई बताउनु भयो ।
यस अघि कि बन्न सकेन खेल मैदान र बजेट किन फ्रिज भयो ?
यस अघि २ पटक सम्म नगरपालिकाले एक वडा एक खेल मैदान बनाउने योजना अनुरुप वडा ९ को लागि यस ठाउँलाई बजेट विनियोजन गरेको थियो । तर जिल्ला वन कार्यालयले सामुदायीक वन क्षेत्र भित्र खेल मैदान बनाउन स्वीकृत नदिए पछि यस अघि निमार्ण कार्य रोकिएको र बजेट फिर्ता गएको वडा अध्यक्ष भोजबहादुर रेग्मी बताउनु हुन्छ ।
वडा अध्यक्ष रेग्मीका अनुसार स्थानीयको माग यहि ठाउँमा बनाउने भन्ने, वनले नदिने यो विवाद चुलिदै जाँदा नगरपालिकाले यस ठाउँमा खेल मैदान बनाउन दिन वन कार्यालयलाई पत्र लेखेपछि वन कार्यालय आफ्नो अडानमा ब्याक भएको र यो वर्ष खेल मैदान बनेको हो ।
खेल मैदान निमार्णमा आर्थिक अनियमिता भएको आशङ्का
उक्त खेल मैदान निमार्ण गएिको ठाउँ रातो माटोको भिरालो ढिस्को थियो । त्याहि भिरालो माटो फान्न त्यति बजेट नलाएको स्थानीयहरुले आरोप लगाउँदै आर्थिक अनियमिता भएको आशंका गरेका छन् ।
खेल निमार्ण उपभोक्ता समितिका अध्यक्ष राजाराम भट्टराईका अनुसार उक्त रकमले पुगेको छैन । हामी समिति कै साथीहरुको पैसाले खाजा खुवाएका छौं । डोजर कति घण्टा चलाइयो र रेटको विषयमा सुरुदेखि वडा अध्यक्ष जोडिनु भएकोले यो विषय उहाँलाई नै सोद्धनु होला ।
वडा अध्यक्ष भोजबहादुर रेग्मी भन्नु हुन्छ, म नेपाली काँग्रेसबाट चुनाव जेतेको हुँ, समितिको अध्यक्ष नेकपाको हुनु हुन्छ । एउटा डोजर मेरै चुनावी प्रतिद्वन्दी नेकपा नेता कृष्ण लम्साल र अर्को डोजर शिवनीधि खनालको हो बुझ्दा हुन्छ अनियमिता भएको छैन । यो काम मैले पनि हेरेको छु, डोजर देखि उपभोक्ता समितिका अध्यक्ष सम्म नेकपा कै साथीहरु हुनुहुन्छ । यो रकमले खेल मैदान मात्र निर्माण भएको छैन । खेल मैदान सम्म जान मुल सडक देखि १ किलो मिटर सडक निमार्ण भएको छ, भने खेल मैदान सँगै बनेको १५ लाखको हरित बाल मैत्रि पार्क बनाउन हामीले नै डोजर लगाई सम्म्याएका हौं ।
