धुँवाकोटमा पहिरो जाँदा चार घर परिवार विस्थापित

Avatar photo
Dhadingpost
साउन २३, २०७७

धादिङ साउन २३ । धादिङको नीलकण्ठ नगारपालिका १४ धुँवाकोट स्थित देउरालीमा पहिरो जाँदा चार घर परिवार विस्थापित बनेका छन् ।

स्थानीय हिरा परियार, मिनबहादुर परियार, प्रकाश परियार र छविराम दमाईको घर पहिरोले पूर्ण रुपमा क्षेति पुर्याउँदा चार घर परिवार विस्थापित बनेका हुन् । विस्थापित यी चार वटै परिवारलाई देउराली डाँडा स्थित सार्वजनिक स्थानमा पाल टाँगिएर राखिएको प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाका कारण धादिङको गजुरी २ स्थित चामबासमा १८ घर विस्थापित छन् । उनीहरुलाई अहिले स्थानीय प्रकाश उप्रेती र पुष्प उप्रेतीले जग्गा प्रदान गरी अस्थायी त्रिपालको ठहरा बनाई राखिएको छ ।